
बीरभूम, 1 दिसम्बर (हि.स.)। जिल्लामा अग्निशमन सेवाहरूलाई अझ बढ़ी सुदृढ़ बनाउनको लागि राज्य सरकारले चार वटा थप दमकल केन्द्र स्थापना गर्ने दिशामा द्रूत गतिमा काम गरिरहेको छ। जिल्ला परिषद तथा प्रशासनिक सूत्रानुसार लाभपुर, नलहाटी, मुरारई औ तारापीठमा नयाँ अग्निशमन केन्द्र निर्माण गर्ने प्रक्रिया शुरू भइसकेको छ।
जिल्ला परिषदले जानकारी गरायो, नलहाटी दमकल केन्द्रको लागि निविदा जारी गरिएको छ। यस अतिरिक्त लाभपुर दमक केन्द्रको लागि राज्य सरकारद्वारा निर्माण कार्यको औपचारिक निर्देश पनि जारी गरिएको छ। अधिकारीहरूको भनाइ छ, यी केन्द्रहरू स्थापित भइसकेपछि दमकल कर्मीहरूलाई घटनास्थलमा पुग्न कम समय लाग्नेछ जसबाट आगलागीबाट हुने नोक्सानको सम्भावना कम रहन्छ।
वर्तमानमा जिल्लामा पाँच वटा स्थायी दमकल केन्द्रहरू छन्। तीन वटा महकुमा शहर, सान्तलिया र दुबाराजपुरमा स्थायी केन्द्र संचालित छन्। यस अतिरिक्त तारापीठमा एउटा अस्थायी दमकल केन्द्र कार्यरत छ। प्रशासनको मान्यतामा नयाँ केन्द्र शुरू भएपछि जिल्लाको अग्निशमन व्यवस्था अझ बढ़ी प्रभावशाली हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा