ब्रिगेडमा सामूहिक गीता पाठपूर्व कोलकातामा कलश यात्रा अनि भूमि पूजन
ब्रिगेडमा सामूहिक गीता पाठपूर्व कोलकातामा कलश यात्रा अनि भूमि पूजन


कोलकाता, 01 दिसम्बर (हि.स.)। आगामी सात दिसम्बरको दिन ब्रिगेड परेड मैदानमा हुने पाँच लाख मानिसहरूको साामूहिक गीता पाठ कार्यक्रमपूर्व सोमवार कोलकातामा कलश यात्रा निकालियो अनि भूमि पूजन पनि गरियो। यसको तयारी पछिल्लो केही दिनदेखि भइरहेको छ।

बिहान दही घाटदेखि लगभग एक हजार मानिसहरूले कलश यात्रा लिएर भव्य यात्रा निकाले। यात्रामा सामेल साधु, भक्त अनि स्वयंसेवकहरू मन्त्रोच्चारणको साथमा ब्रिगेड तर्फ अगाड़ि बढ़े। त्यसपछि मण्डप निर्माण गर्नअघि भूमि पूजन सम्पन्न गरियो। स्वामी प्रदीप्तानन्द, स्वामी निर्गुणानन्द, स्वामी बन्धुगौरवानन्द औ स्वामी सर्वानन्दले सम्पूर्ण आयोजनको नेतृत्व गरिरहेका छन्।

यो कार्यक्रमलाई भारतको सबैभन्द ठूलो गीता पाठ मानिँदैछ। यसपूर्व नवद्वीप, कोलकाता र सिलगढ़ीमा आयोजित गीता यज्ञको सफलतापछि ब्रिगेडमा यस्तो विशाल आयोजन गर्ने तयारी भइरहेको छ। आयोजकहरू अनुसार असम, त्रिपुरा, दिल्लीबाट साधु–सन्त आउने सम्भावना छ साथै नेपाल र बंगलादेशबाट पनि सन्तहरू सामेल हुन सक्नेछन्।

उनीहरू अनुसार यस आयोजनको राजनीतिसित कुनै सम्बन्ध छैन। उद्देश्य केवल आम मानिसहरूबीच सनातनको मूल भावनालाई पुऱ्याउनु हो। कार्यक्रम गर्ने अनुमतिसित सम्बन्धित सबै प्रक्रिया लगभग पूरा भइसकेको छ। आयोजक पाँच लाख गीता बंगला र हिन्दीमा वितरण गर्ने तयारीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande