
उत्तर 24 परगना, 01 दिसम्बर (हि. स.)। भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमामा तैनाथ बीएसएफ दक्षिण बंगाल फ्रण्टियरका जवानहरूले ठूलो कारबाहीलाई परिणाम दिँदै उत्तर 24 परगना जिल्लाको 102औं बटालियनको घोजाडांगा चेकपोस्टमा दुई भारतीय तस्करलाई पक्राउ गरे। यी दुईले ट्रकको केबिनमा लुकाएर 20 वटा सुनको विस्कुटलाई सीमा पार गराउने चेष्टा गरिरहेका थिए। जफत गरिएको सुनको वजन 2332.845 ग्राम औ अनुमानित बजार मूल्य 3,02,10,343 रुपियाँ रहेको छ।
जानकारी अनुसार गए 30 नोभेम्बरको साँझ लगभग 4 बजे घोजाडांगा बीओपका जवानहरूलाई गुप्त सूचना प्राप्त भयो, दुई भारतीय तस्करले बंगलादेशबाट अवैध रूपमा सुनलाई ट्रकको माध्मबाट अन्य स्थानमा लैजाने प्रयास गरिरहेको छ। सूचनालाई अत्यन्त गम्भीर रूपमा लिँदै जवानहरू सतर्क भए। केही समयपछि संदिग्ध ट्रक चेकपोस्टमा आइपुग्यो। जाँच गर्दा ट्रकको केबिनमा लुकाएर राखिएको एउटा प्याकेट भेटियो। जाँच गर्दा त्यसमा सुनको बिस्कुट थियो। जवानहरूले घटनास्थलबाटै तस्करहरूलाई पक्राउ गरे अनि ट्रकलाई जफत गरे।
दुवै आरोपीलाई जाँचबुधको घोजाडांगा बीओपीमा ल्याइयो। जाँचबुझमा उनीहरूले बताए, उनीहरू उत्तर 24 परगना जिल्लाका निवासी हुन् र यहाँको एउटा ईटा भट्टीमा काम गर्दै आएका छन्। उनीहरूले स्वीकार गरे, एकजना अज्ञात व्यक्तिले उनीहरूलाई सुन सुम्पिएको थियो जसलाई चेक पोस्त तरेपछि कसैलाई दिने निर्देश थियो। यसको सट्टामा उनीहरूले केही पैसा पाउनेवाला थिए। तर यस अगावै बीएसएफले उनीहरूलाई समात्यो। दुवै तस्करलाई जफत गरिएको सुन सहित अग्रिम कानूनी कारबाहीको लागि सम्बन्धित विभागलाई सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा