
हावड़ा, 1 दिसम्बर (हि.स.)। हावड़ाको जगतबल्लभपुरस्थित पोलगुस्तिया क्षेत्रमा गए आइतवार राती त्यसबेला भागाभाग मचियो जतिबेला एउटा सामान्य विवाद हेर्दा-हेर्दै बमबाजीमा परिणत भयो। यो क्षेत्र पाँचला विधानसभा अन्तर्गत पर्दछ।
जानकारी अनुसार राती लगभग साढ़े आठ बजे पोलगुस्तिया क्षेत्रमा अवस्थित एउटा बेकरी दोकानमा तीनजना युवकहरू पसे। स्थानीय मानिसहरू अनुसार क्षणभरमै दोकान मालिक र ती युवकहरूमाझ चर्को बहस शुरू भयो। यसै अवधि एकजना युवकले खल्तीबाट बन्दुक निकालेर दोकान मालिकको टाउकोमा बलपूर्वक प्रहार गऱ्यो।
यसको तुरन्तपछि लगातार बम विस्फोट भएको आवाज सुनियो जसले गर्दा सम्पूर्ण क्षेत्रका मानिसहरू भयभित भए। आरोप छ, बाइक मार्फत भाग्नअघि हमलाकारीहरूले एकपछि अर्को बम वर्षा गरे। स्थानीय मानिसहरूको भनाइ छ, न्यूनतम पनि 25-27 वटा बमको वर्षा गराइयो जसले गर्दा चारैतिर कालो धुँवा फैलियो। यस घटनामा दुईजना मानिसहरू घाइते भए जसलाई राती नै आमता ग्रामीण अस्पतालमा लगियो। दुवैको उपचार जारी छ।
घटनापछि क्षेत्रमा भय व्याप्त छ। पुलिसले अहिलेसम्म हमलाकारीहरूको सुइँको समेत पाएको छैन। बम वर्षाको कारण के थियो पत्तो लगाउन जाँच जारी छ। गए आइतवार राती नै पुलिस टीमले क्षेत्रमा जाँच अभियान संचालन गऱ्यो। घटनापछि पुलिसको गस्ती पढ़ाइएको छ।
हावड़ा जिल्ला ग्रामीण पुलिस अधीक्षक सुबिमल पालले भने,“हाल स्थिति नियन्त्रणमा छ। बेकरीलाई लिएर विवाद भएको थाहा लागेको छ। घाइतेहरूलाई अस्प्तालमा पठाइएको छ।”
अर्कोतिर स्थानीय मानिसहरूको भनाइ छ, “अचानक व्यापक रूपमा बम विस्फोट हुन शुरू भयो। बाहिरबाट आएका मानिसहरूले हमला गरेका हुन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा