इन्टरस्टेट साइबर फ्रड सिण्डिकेटको भण्डाफोर, तीन पक्राउ
इन्टरस्टेट साइबर फ्रड सिण्डिकेटको भण्डाफोर, तीन पक्राउ


नयाँ दिल्ली, 1 दिसम्बर (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको साइबर थाना पुलिसले एक संगठित इन्टरस्टेट साइबर फ्रड सिण्डिकेटको भण्डाफोर गर्दै तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। यो गिरोहले बेरोजगार युवा तथा नोकरी खोजिरहेका मानिसहरूलाई विदेशमा आकर्षक नोकरीको प्रलोभन देखाएर ठगी गर्दै आएको थियो। यसै ठगीको माध्यमबाट अहिलेसम्ममा 1.80 लाख रुपियाँ असुली सकिएको छ जसलाई विभिन्न म्यूल ब्यांक खाताको माध्यमबाट फिर्ता गरियो। पक्रा पर्ने आरोपीहरूमा गुजरात, पश्चिम बंगाल औ हरियाणाका तीनजना मुख्य सदस्यहरू सामेल छन्। यसमध्ये एकजना असिस्टेन्ट ब्यांक म्यानेजर पनि छन् जसले गिरोहको लागि जाली ब्यांक खाता खोल्थ्यो।

कसरी भयो खुलासा-

दक्षिण-पश्चिम जिल्लाका पुलिस उपायुक्त अमित गोयलले सोमवार बताए, कोभिड-19 मा नोकरी गुमाइसकेका सिकायकर्ता ए.के. सहायले विदेशमा रोजगार खोजिरहेका थिए। यसै अवधि उनलाई एउटा ह्वाट्सएप ग्रुपमा सन्देश प्राप्त भयो जसमा “एडुटेक कंसल्टेन्ट” एवं समूह व्यवस्थापक आदेश श्रीवास्तवको नामबाट विदेशी नोकरीको अफर दिइयो। सिकायतकर्तालाई न्यूज़ील्याण्डमा कुक/शेफको नोकरीको प्रस्ताव 2.80 लाख रुपियाँमा दिइयो। भरोसा जित्नको लागि आरोपहरूले जाली भिजा, कम्पनीको रजिस्ट्रेशन दस्तावेज तथा यात्रा टिकटसम्म पठाइदिए। यी दस्तावेजहरूमा विश्वास गरेर पीड़ितले 1.80 लाख रुपियाँ आरोपीले बताएको खातामा जमा गरिदियो। त्यसपछि गिरोहका सदस्यहरू हराए। सिकायतकर्तालाई शंका लागेर सबै दस्तावेजहरूको जाँच गराउँदा सबै जाली रहेको स्पष्ट भयो। यसमाथि साइबर थाना पुलिसले मुद्दा दर्ता गरी जाँच शुरू गऱ्यो।

पुलिस उपायुक्त अनुसार लगातार निगरानी वा ट्र्याप लगाएपछि पुलिसले ऋषिकेशबाट पहिलो आरोपी केतन दीपक कुमारलाई पक्राउ गऱ्यो। उसकोबाट ठगीमा प्रयोग गरिएको मुख्य कलिंग डिभाइस पनि जफत गरियो। त्यसपछि उसैले बताए अनुरूप दोस्रो आरोपी राजीव मण्डललाई कोलकाताबाट समातियो। लगत्तै तेस्रो आरोपी ब्यांककर्मी रवि कुमार मिश्रालाई पनि पुलिसले पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande