
तामुलपुर (असम), 01 दिसम्बर (हि.स.)। तामुलपुर जिल्लाको सोसापानी कुहीपाड़ा गाउँमा जंगली हात्तीद्वारा गरिएको हमलामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। पुलिसले सोमवार बतायो, आज भोर बिहान जंगली हात्तीको हमलामा परी सोसापानी कुहीपाड़ा गाउँका बाडोसा बासुमतारीको घटनास्थलमै मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृत व्यक्तिको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। अर्कोतिर स्थानीय मानिसहरूले वन विभागमाथि गम्भीर आरोप लगाउँदै भने, जंगली हात्ती भोजनको खोजीमा गाउँमा पस्छ। यस सम्बन्धमा वन विभागलाई जानकारी गराइए पनि अहिलेसम्म कुनै ठोस कदम उठाइएको छैन।
वन विभागको लापरवाहीको कारणले बाडोसा बासुमतारीको मृत्यु भयो। जंगली हात्तीदेखि मुक्ति पाउनको लागि स्थानीय मानिसहरूले वन विभागसित गुहार मागेका छन्। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा