
लखनऊ, 01 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता एवं उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले सोमवार लखनऊस्थित आफ्नो आवासमा पत्रकारहरूसित बातचित गर्दै भने, समाजवादी पार्टी र कंग्रेसले एसआईआर प्रक्रियाविरूद्ध अफवाह फैलाउने काम गरिरहेका छन्।
उपमुख्यमन्त्रीले भने, बिहारमा विपक्षमा विपक्षले देखाएको आचरणबाट बिहारका मतदाताहरू रूष्ट भएका थिए। विपक्षको आचरणबाट सारा देश नै रूष्ट भएको छ। एसआईआर प्रक्रिया लोकतन्त्रलाई सशक्त बनाउनको लागि महत्वपूर्ण छ। केशव प्रसाद मौर्यले भने, मतदाता सूचीको शुद्धीकरण हुनुपर्छ। मतदाता सूचीबाट नक्कली नामहरू मेटिनुपर्छ। युवा मतदाता वा नयाँ नाम मतदाता सूचीमा जोड़िनुपर्छ। तर यसको विरोधमा अफवाह फैलाउने काम सपा,कंग्रेस, टीएमसी र राजदका मानिसहरूले लगातार गरिरहेका छन्। यसबाट यी पार्टीहरूलाई नै नोक्सान हुनेछ। जनता जागरूक छन्। अनुप्रवेशकारीहरू हट्नेछन्। असली मतदाताको नाम सूचीमै रहनेछ। सबै बीएलओहरूसित अपील छ, आफ्नो कर्तव्य पालन गरुन्। विपक्षको कुरामा नआउन्। हताश र निराश नहौं, केही समयको मात्र काम हो। यस अभियानलाई सफलतापूर्वक पूरा गर्ने दायित्व उनीहरूको काँधमा आइलागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा