डायमण्ड हार्बरमा ‘सेवाश्रय 2’- को शुरुआत, अभिषेक ब्यानर्जीले जनसेवालाई सर्वोच्च कर्तव्य बताए
डायमण्ड हार्बरमा ‘सेवाश्रय 2’- को शुरुआत, अभिषेक ब्यानर्जीले जनसेवालाई सर्वोच्च कर्तव्य बताए


दक्षिण 24 परगना, 1 दिसम्बर (हि.स.)। तृणमूल कंग्रेस सांसद अभिषेक ब्यानर्जीले सोमवार एक्स (पूर्वमा ट्विटर)-को माध्यमबाट ‘सेवाश्रय 2’ शुरू भएको घोषणा गरे। उनले आफ्नो पोस्टमा लेखे, जनसेवाभन्दा ठूलो अन्य कुनै कर्तव्य छैन। यसै भावनालाई आत्मसात गर्दै यसपालि कार्यक्रमलाई व्यापकता दिइएको छ।

अभिषेक ब्यानर्जीले भने, ‘सेवाश्रय 2’ डायमण्ड हार्बरका मानिसहरूको स्वास्थ्य अनि गरिमाको रक्षाको लागि समर्पित छ। यसपालि यो पहल क्षेत्रका सातै वटा विधानसभा क्षेत्रहरूमा आयोजना गरिनेछ। कार्यक्रम आगामी 22 जनवरी,2026-सम्म निरन्तर जारी रहनेछ। त्यसपछि 24 देखि 28 जनवरी,2026-सम्म मेगा क्याम्प आयोजना गरिनेछ।

कार्यक्रम अन्तर्गत 165 जनरल क्याम्प र 8 मोडल क्याम्प राख्ने तयारी भएको छ। यी सबै क्याम्पहरूको उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवाको सोझो लाभ आम जनतासम्म पुऱ्याउनु हो।

‘सेवाश्रय 2’ पहलमा प्रमुख सुविधाहरू रहेका छन्- सबैको लागि नि:शुल्क स्वास्थ्य शिविर, आवश्यक औषधिहरूको नि:शुल्क वितरण, फ्री चश्मा औ हियरिंग एड डिभाइस, तत्काल अन-साइट डायग्नोस्टिक जाँच, विशेष उपचारको लागि उन्नत रेफरल सेवा, सिंगल-पर्सन रजिस्ट्रेशन तथा पूर्ण पारदर्शिताको लागि रियल-टाइम डिजिटल मनिटरिंग आदि।

आफ्नो पोस्टमा अभिषेक ब्यानर्जीले विश्वास व्यक्त गरे, पछिल्लो समय जस्तै यसपाली पनि यो जनकेन्द्रित पहल अत्यन्त सफल हुनेछ अनि जनसेवाको इतिहासमा एक महत्वपूर्ण अध्यायको रूपमा दर्ता हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande