
मुर्शिदाबाद, 01 दिसम्बर (हि. स.)। जिल्लामा भरतपुर थाना अन्तर्गत खैरा गाउँमा गए आइतवार अबेर राती एकजना मानसिक रूपमा अस्वस्थ युवकले आफ्ने आमाको धारिलो हतियारले प्रहार गरी हत्या गरिदियो। मृत महिलाको पहिचान मिनती गोस्वामीको रूपमा भएको छ।
स्थानीय सूत्र अनुसार मिनती देवी आफ्नो रघुनाथ गोस्वामीसित आफ्नो घरमा बस्दै आएकी थिइन्। तिनी पछिल्लो डेढ़ वर्षदेखिको ओछ्यान परेकी थिइन्। स्थानीय सूत्रानुसार हालैमा मानसिक सन्तुलन गुमाएको रघुनाथले असामान्य व्यवहार गरिरहेको थियो।
पुलिसको प्राथमिक अनुमानमा गए आइतवार आधा राती रघुनाथले आफ्नी आमामाथि धारिलो हतियारले प्रहार गऱ्यो। मृत महिलाको हात टाउकोमा गम्भीर चोट लागेको छ ज सबाट हत्या भएको पुष्टि भएको छ। अपराधलाई परिणाम दिएपछि आरोपी केही समयसम्म गाउँमा लुकेर बस्यो।
घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच गर्न शुरू गऱ्यो। पुलिसले आरोपी छोरालाई पक्राउ गरेको छ। महिलाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा