सड़क दुर्घटनामा कपड़ा व्यवसायीको मृत्यु
सड़क दुर्घटनामा कपड़ा व्यवसायीको मृत्यु


मेदिनीपुर, 1 दिसम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना अन्तर्गत शांखारी बजार क्षेत्रमा सोमवार बिहान एक जना कपड़ा व्यवसायीको सड़क दुर्घटनामा मर्माहित मृत्यु भयो। राष्ट्रिय राजमार्ग-16 मा बेलदातर्फबाट आइरहेको एक अज्ञात वाहनको ठक्करले यो दुर्घटना भएको हो।

मृत व्यवसायीको पहिचान गदाधर दास (62)- को रूपमा भएको छ जो दाँतन थाना क्षेत्रको मनोपरपुरस्थित शांखारी बजारका निवासी थिए।

परिवार अनि स्थानीय सूत्र अनुसार सोमवार बिहान गदाधर दास सदा जस्तै साइकलमा मनोहरपुरस्थित आफ्नो कपड़ा दोकान खोल्न गइरहेका थिए। यसै अवधि पछिबाट आइरहेको बेलदागामी कुनै वाहनले उनलाई ठक्कर दियो। ठक्करपछि सड़कमा झरेर तिनी गम्भीर रूपमा घाइते भए।

स्थानीय मानिसहरूले तुरून्तै उनलाई दाँतन ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

सूचना पाएर घटनास्थलमा पुगेको दाँतन थाना पुलिसले अस्पतालबाट मृतदेहलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande