
नगाउँ (असम), 1 दिसम्बर (हि.स.)। नगाउँ जिल्लाको रुपहीहाट क्षेत्रमा भएको सड़क दुर्घटनामा दुई दाज्यु-भाइ सहित तीनजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो।
पुलिसले सोमवार बतायो, एउटै बाइकमा सवार भएर तीनजना मानिसहरू गइरहेका थिए। यसै क्रममा कुनै अज्ञात वाहनले ठक्कर दिएको कारणले तीनैजनाको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान राजदूल हक, मेन्हदी आलम औ शकिल अहमदको रूपमा गरिएको छ।
सड़क दुर्घटनामा मारिएका तीनमध्ये दुईजना आफ्नै दाज्यु-भाइ रहेको बताइएको छ। घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले तीनैजनाको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि असपतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुर्घटनामा सामेल अज्ञात वाहन र चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा