शीतकालीन सत्र अगाड़ी मल्लिकार्जुन खरगेको कार्यालयमा भयो विपक्षी गठबन्धनको बैठक
विपक्ष


नयाँ दिल्ली, 01 दिसम्बर (हि.स.)। आजदेखि शुरू भएको संसदको शीतकालीन सत्र ठीक अगाड़ी विपक्षी इन्डी गठबन्धनका प्रमुख नेताहरूले आइतवार संसद भवन परिसरमा विपक्षका नेता मल्लिकार्जुन खरगेको कार्यालयमा बैठक गरे।

बैठकमा राहुल गान्धी, गौरव गोगोई, कमल हासन, प्रियंका चतुर्वेदी, रामगोपाल यादव, सैयद नसीर हुसैन समेत धेरै दलहरूका नेताहरू सामेल भए औं संयुक्त रणनीतिलाई अन्तिम रूप दिए।

यस अगाड़ी कांग्रेसले आइतवार अबेर साझँ सोनिया गान्धीको अध्यक्षतामा आफ्नो संसदीय रणनीति समूहको बैठक गऱ्यो। यसमा मल्लिकार्जुन खरगे, राहुल गान्धी, पी चिदम्बरम सहित धेरै वरिष्ठ नेताहरू सामेल भए।

विपक्ष शीतकालीन सत्रमा राष्ट्रिय सुरक्षा, दिल्लीमा हालमा भएको बम ब्लास्ट, मतदाता सूचीको गहन पुनर्रीक्षण (एसआईआर) र वायु प्रदूषण जस्ता मुद्दाहरूमा सकारलाई घेर्ने तयारीमा छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande