धर्मान्तरण विवादबीच 36 घण्टासम्म लड़िरह्यो शव
बंगाल


पश्चिम मेदिनीपुर, 01 दिसम्बर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको डेबराको जालिमान्दा क्षेत्रको गोपालपुर गाउँमा धर्म परिवर्तनलाई लिएर ठूलो विवाद उत्पन्न भयो। गाउँका निवासी सुबल बेसरा (42) को शनिबार बिहान हृदयघातका कारण मृत्यु भयो, तर उनको अन्तिम संस्कार कुन धर्म अनुसार हुनेछ, यो तय हुन नसक्दा उनको शव 36 घण्टासम्म लड़िरह्यो।

चार वर्षअघि सुबल र उनको परिवारले हिन्दू धर्मलाई छोड़ेर इसाई धर्म अपनाएको थियो। उनको मृत्युपछि सुबलकी आमा गाउँका इसाई समुदायका नेता रबी सोरेनकहाँ सहयोग माग्न गइन्, तर रबी र उनको परिवारले कुनै पनि सहयोग गर्न अस्वीकार गरेको आरोप छ।

त्यसपछि सुबलकी आमा आदिवासी समुदायका मुखिया रवीन्द्रनाथ किस्कुको घर गइन्। आदिवासी समुदायले यस विषयमा छलफल गरी आइतबार बिहान फेरि एक पटक क्रिश्चियन समुदायलाई अन्तिम संस्कार गर्न अनुरोध गर्ने निर्णय गरे। तर क्रिश्चियन परिवारहरूले सुबलको परिवार अब धार्मिक गतिविधिमा संलग्न नभएको बताउँदै अन्त्येष्टिमा सहयोग नगर्ने बताए।

यसबाट गाउँमा विवाद बढ्यो। सूचना पाएपछि पुलिस, प्रशासनिक अधिकारी र जिल्ला परिषदकी कर्माध्यक्ष शान्ति टुडू घटनास्थलमा पुगे। लामो चर्चा र सम्झाएपछि अन्ततः क्रिश्चियन समुदाय सुबलको अन्तिम संस्कार गर्न तयार भयो। आइतवार अबेर साझँ सुबलको अन्तिम संस्कार क्रिश्चियन रीतिले गरियो।

आदिवासी समाजका नेता सुनील बेसराले भने, गाउँका केही परिवारहरूलाई फकाएर धर्मान्तरण गरिएको छ। सुबलको परिवार पनि त्यसमध्ये एक थियो। मृत्युपछि, उनको समुदायले सहयोग गरेन, त्यसैले हामीले वार्ता गर्यौं र समाधान खोज्यौं। उनले धर्म परिवर्तन गरेकाले त्यही धर्म अनुसार अन्त्येष्टि गरिनु उचित थियो।

जिल्ला परिषद कर्माध्यक्ष शान्ति टुडुले भनिन्, धर्म परिवर्तनलाई लिएर यी दुर्गम क्षेत्रहरूमा प्रायः असहमति उत्पन्न हुन्छ। यहाँ पनि त्यस्तै स्थिति बन्यो। प्रशासन र स्थानीय समुदायको सहयोगले अन्ततः सबै कुरा शान्तिपूर्ण रूपमा सम्पन्न भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande