
बलिया, 01 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको जिल्ला बलियामा फेफना थाना क्षेत्र स्थित एउटा गाउँमा आइवतारदेखि हराएको बालकको शव सोमवार बोरामा बाँधिएको भेटियो। पुलिसले हत्या गरी शव बोरामा बाँधेर फ्याकिएको मामिलामा जाँच शुरू गरेको छ।
पुलिस अधीक्षक ओमवीर सिंहले बताए, फेफना थाना क्षेत्र अन्तर्गतको आमडारी गाउँमा आइतबार रातिदेखि हराएको रामजी वर्माका छोरा शिवम (10) को शव गाउँकै प्रेमचन्द वर्माको घर पछाड़ी बोरामा बाँधिएको अवस्थामा फेला परेको छ। बालक अबेर साँझ घर बाहिर खेल्दै गर्दा बेपत्ता भएको थियो। धेरै खोजतलासीपछि जब उ भेटिएन तब परिवारले छोरा हराएको जानकारी पुलिसलाई दिएको थियो।
थाना प्रभारीले मामिला दर्ता गरी पुलिस बलसँग वरपरको सम्पूर्ण क्षेत्रमा खोजी गरे, तर शिवम फेला परेन। सोमबार बिहान सोही गाउँका प्रेमचन्द वर्माको घर पछाड़ी बोरामा हराएको बालकको शव फेला परेको छ।
यसको सूचना पाएपछि तत्काल घटनास्थलमा पुलिस अधीक्षक, अपर पुलिस अधीक्षक दक्षिणी, क्षेत्राधिकारी सदर, थाना स्थानीयको पुलिस फोर्स, फारेन्सिक टीम क स्वाट सर्विलान्स टीम पुग्यो। एसपीले बताए, परिवारका सदस्यहरूलाई भेटेर घटनाको जानकारी लिइएको छ। टीमले घटनास्थलबाट प्रमाण जुटाएको छ। मैले व्यक्तिगत रूपमा घटनास्थलको निरीक्षण गरेको छु। घटनाको अनुसन्धान गर्न दक्षिणका अतिरिक्त पुलिस अधीक्षक कृपाशंकरको नेतृत्वमा चार टीमको गठन गरिएको छ। चाँडै नै खुलासा गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी