साढ़े तीन करोड़को लागतमा बनिने डम्पिङ ग्राउण्ड अहिले पनि अपूर्ण
साढ़े तीन करोड़को लागतमा बनिने डम्पिङ ग्राउण्ड अहिले पनि अपूर्ण


मेदिनीपुर, 1 दिसम्बर (हि.स.)। पश्चिम मेदिनीपुरको घाटालस्थित खड़ार नगरपालिका क्षेत्रमा डलपातिपुर संलग्न मुख्य सड़क नजिक विगत लामो समयदेखिको मैला-कुचैलाको पहाड़ भएको छ। यसलाई तह लगाउनको लागि 2022 सालपछि लगभग साढ़े तीन करोड़ रुपियाँको लागतमा स्थायी डम्पिंग ग्राउण्ड बनाउने योजना शुरू भएको थियो। तर अढ़ाई वर्ष बितिसक्दा पनि काम अहिलेसम्म पूरा भएको छैन। दुर्गन्धले हैरान स्थानीय मानिसहरूमा नगरपालिकाको भूमिकालाई लिएर असन्तुष्टि निरन्तर बढ़िरहेको छ। दिनहुँ ओहोर-दोहोर गर्ने हजारौं मानिसहरू यहाँ थुप्रिएको मैलाको दुर्गन्धबीच हिँड़्न बाध्य भइरहेका छन्। यसले गर्दा कुकुर र सियालहरू सड़कमा आउँछन् जसबाट यो बाटो भएर हिँड़डुल गर्ने मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।

स्टेट अर्बन डेभलपमेन्ट एजेन्सी (सूडा़)- द्वारा आवन्टित धनराशिबाट वर्ष 2023- को जुलाई महिनामा यहाँको 8 नम्बर वार्डस्थित खाल-खास, बाढ़-प्रवण क्षेत्रमा डम्पिंग ग्राउण्डको निर्माण कार्य शुरू भएको थियो। बारलाई सीमा रेखादेखि माथि उठाएर घेराबन्दीको पर्खाल र कनेक्टिंग रोड बनिसकेको भए पनि केही महत्वपूर्ण कार्यहरू अधुरै छ। शीतकालमा अनुकूल मौसम भए पनि ठेकादारको उदासीनताले कार्य लगातार अड़्किरहेको छ। काम कहिले पूरा हुन्छ, यसको समय-सीमा कुनै स्पष्ट छैन। तथापि नगरपालिकाको भनाइ छ, “कामलाई सोझै सूड़ाले नियन्त्रण गरिरहेको छ। चाँड़ै नै अधुरो कार्यलाई पूरा गरिनेछ।”

अर्कोतिर विपक्षले यस कामलाई लिएर तृणमूल संचालित पुरबोर्डमाथि भ्रष्टाचारको आरोप लगाएको छ। घाटालका भाजपा विधायक शीतल कपाटले भने, “जुन काम भएको छ, त्यसलाई हेरेरै बुझ्न सकिन्छ कि कति पैसा खर्च हुनुपर्थ्यो। वास्तवमा समस्या हो पैसा आवन्टनको खेल। काममा सुनियोजित ढंगमा ढिल्याई गरिँदैछ ताकि आधा काम होस् र बाँकी पैसा नेता-इञ्जीनियरहरूको खल्तीमा पुगोस्।”

स्थानीय मानिसहरूले माग गरेका छन्, दुर्घन्ध र फोहोरदेखि राहत दिलाउनको लागि डम्पिंग ग्राउण्डको काम तत्काल पूरा गरियोस् ताकि सड़क किनारमा फैलिएको अस्वच्छतादेखि मुक्ति पाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande