
नयाँ दिल्ली, 01 दिसम्बर (हि.स.)। संसदको शीतकालीन सत्र शुरू हुनुभन्दा अघि सोमबार संसद परिसरमा पत्रकारहरूलाई सम्बोधित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्ष र सत्तारुढ़ दुवैसित यो सत्र न त हारको निःराशाको मैदान बनोस् न त विजयको अहंकारको मञ्च बनोस् भनी आग्रह गरे। उनले भने, आज विश्वले लोकतन्त्र र अर्थतन्त्रको बललाई नजिकबाट हेरिरहेको छ र संसदको हरेक क्षणलाई राष्ट्र निर्माणमा प्रयोग गरिनुपर्छ, राजनीतिक नकारात्मकतामा खेर फाल्नु हुँदैन।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भने, संसद देशको प्रगति र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण माध्यम हो। उनले संसदको शीतकालीन सत्र देशको विकास यात्रामा नयाँ ऊर्जा भर्नेछ भनी विश्वास व्यक्त गरे।
उनले भने, भारतले लोकतन्त्रलाई जीवन्त बनाएको छ। लोकतन्त्रको उत्साह र जोशलाई समय-समयमा यस प्रकार व्यक्त गरेको छ कि लोकतन्त्रप्रति विश्वास अझ् मजबूत बन्दै गइऱहेको छ।
उनले हालमा भएको बिहार विधानसभा चुनाउको उल्लेख गर्दै भने, त्यहाँको मतदानको जुन आंकड़ा आएको छ, त्यो लोकतन्त्रको सबैभन्दा ठूलो शक्तिको प्रमाण हो। उनले विशेष गरी आमा र दिदी- बहिनीहरूको बढ्दो सहभागितालाई देशको परिवर्तनशील मानसिकता र बढ्दो आत्मविश्वासको प्रतीक बताए।
विपक्षलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, केही दलहरू आफ्नो हारको भावलाई पचाउन असमर्थ छन्। बिहारको नतिजापछि समयसँगै चीजहरू ठीक हुनेछ भन्ने आशा थियो तर हालको बयानबाजीले स्पष्ट पारेको छ कि हारको पीड़ाले उनीहरूलाई अझै पनि विचलित पारिरहेको छ। यस निःराशालाई उनीहरूले संसदमा लिएर आउँछन्, यो दुःखद हो।
उनले कुनै दलको नाम नतोकी भने, संसदले देशको नीति र भविष्यमाथि ध्यान केन्द्रित गर्नुपर्छ, कुनै राज्यको राजनीतिको मञ्च नबनोस्। उनले यस प्रवृत्तिलाई देशको लागि अस्वस्थ परम्परा ठहर गरे।
मोदीले भने, गत केही समयदेखि संसद या त चुनाउको लागि वार्म-अप अखाडा बन्छ या फेरि चुनावी हारपछि रिस पोख्ने स्थल। यो परम्परा बन्द हुनुपर्छ।
नकारात्मक राजनीतिको केही उपयोगिता हुनसक्छ तर राष्ट्र निर्माणको लागि सकारात्मक दृष्टिकोण आवश्यक छ। आउनुहोस्, नकारात्मकतालाई सीमित गरौं र राष्ट्र निर्माणमा आफ्नो ध्यान केन्द्रित गरौं।
हिन्दुस्थान समाचार / भवानी थामी