रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
Arrested


गान्तोक, 1 दिसम्बर (हि.स.)। रम्फू पुलिसले अटल सेतु ब्रिज नयॉं चेकपोस्टमा नियमित वाहनहरूको जॉंचको क्रममा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको पहिचान गान्तोकको लोवर सिच्छे निवासी एक 40 वर्षीय व्यक्तिको रूपमा भएको छ।

पुलिस रिपोर्ट अनुसार, 29 नोभेम्बरका दिन अटल सेतु ब्रिज नयॉं चेकपोस्टमा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरियो। पक्रा पर्ने व्यक्ति एउटा सेतो रङ्गको इनोवा वाहनमा थिए र स्वयंले वाहन चलाइरहेका थिए। आरोपी व्यक्ति र वाहनको छानबिनको क्रममा 26 बोतल एपकोर्स कफ सिरप, 50 वटा एन-10 ट्याबलेट र 50 वटा निटकोर-10 ट्याबलेट बरामद गरियो।

आरोपी व्यक्तिलाई पक्राउ गरेर उनीविरुद्ध साडा 2006 र साडा संशोधन अधिनियम 2017 अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande