सिरसा जलघरको डिग्गीमा भेटियो सेवानिवृत्त कर्मचारीको शव
सिरसा जलघरको डिग्गीमा भेटियो सेवानिवृत्त कर्मचारीको शव


सिरसा, 01 दिसम्बर (हि.स.)। सिरसा शहरको राम कोलोनी निवासी एक अवकाशप्राप्त कर्मचारीको शव जलघरको डिग्गीबाट फेला परेको छ। वृद्ध व्यक्ति बिहान मर्निङ वक गर्न निस्केका थिए तर साझँसम्म घर फर्केनन्। उनको परिवारले उनलाई खोज्दा जलघरको डिग्गीमा उनको शव फेला पऱ्यो। सोमवार सिरसाको सिभिल अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ। मृतकको पहिचान राम कोलोनी निवासी 70 वर्षीय कुलवंत राय सिंगलाको रूपमा गरिएको छ।

परिवारका सदस्यहरू अनुसार, कुलवंत आइतबार पार्कमा घुम्न जाँदैछु भनेर घरबाट निस्केका थिए। तर साँझसम्म घर फर्केनन्। कुलवंतका छोरा सर्वेशले मोबाइलमा सम्पर्क गर्न खोज्दा फोन उठाएनन्। त्यसपछि परिवारका सदस्यहरूले वृद्धको खोजी गर्न थाले। अबेर साँझ कसैले जलघरको डिग्गीमा शव देख्यो र पुलिसलाई खबर गरियो। जानकारी पाएपछि पुलिसले घटनास्थल पुगेर शव निकाल्यो। पछि मृतकको पहिचान कुलवंत राय सिंगलाको रूपमा भयो। कुलवंत सिंगलाले लगभग 12 वर्षअघि सिँचाइ विभागबाट ड्राफ्ट्सम्यानको पदबाट अवकाश लिएका थिए। उनका एक छोरा र एक छोरी छन्। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर सिभिल अस्पताल पुऱ्यायो, जहाँ पोस्टमार्टमपछि परिवारलाई सुम्पियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande