
कोलकाता, 01 दिसम्बर (हि. स.)। सोमवार कोलकातास्थित राज्यको मुख्य निर्वाचन अधिकारीको कार्यालय बाहिर माहोल अचानक गर्मियो। एसआईआरसित सम्ब्धित मागहरूलाई लिएर सीईओ मनोजकुमार अग्रवाललाई ज्ञापन दिन पुगेका नेता प्रतिपक्ष शुभेन्दु अधिकारी र भाजपा विधायकहरूलाई देख्नसाथ बीएलओ अधिकार रक्षा समितिका सदस्यहरूले 'गो ब्याक'- को नारा लगाउन शुरू गरे। आरोप छ, यसै अवधि समितिका केही सदस्यहरूले ब्यारिकेड भत्काएर भित्र पस्ने प्रयास गर्न थाले।
घटना अवधि कार्यालय बाहिर उपस्थित तृणमूल समर्थक बीएलओ सदस्य सदस्यहरूले भाजपा प्रतिनिधिमण्डलको विरोध गरिरहेका थिए। उनीहरूको आरोप थियो, भाजपा आयोगको कार्यालयमा दलाल गर्न आएको हो। त्यसैले नाराबाजी र धक्का-मुक्काको माहोल अझ तनाउपूर्ण भयो।
निर्धारित कार्यक्रम अनुसार शुभेन्दु अधिकारी तथा अन्य भाजपा विधायकहरू सीईओसित भेट गरी एसआईआरसित सम्बन्धित पाँच सूत्रीय माग उल्लेखित ज्ञापन पत्र चढ़ाउन पुगेका थिए। यसै अवधि बाहिर विरोध प्रदर्शन तीव्र भयो। अर्कोतिर भाजपा प्रतिनिधिमण्डलले पनि प्रश्न उठायो, अब त्यस क्षेत्रमा धारा 144 लागू हुँदाहुँदै पनि बीएलओ अधिकार रक्षा समितिका सदस्यहरूले कसरी माइक लगाएर प्रदर्शन गरिरहेका छन्?
भाजपाको पक्षबाट यो माग पनि उठाइयो, एसआईआर हियरिंग अवधि वेब कास्टिंग अर्थात सीसीटीभी रिकर्डिंगको व्यवस्था गरियोस् ताकि प्रक्रिया पूर्ण रूपले पारदर्शी रहन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा