
गान्तोक, 1 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको नाम्ची जिल्लास्तरीय बैठक आज घुर्पिसेमा बस्यो। केन्द्रिय समितिका उपाध्यक्ष निर्मल छेत्रीको अध्यक्षतामा बसेको बैठकमा एसडीएफ पार्टीका वरिष्ठ नेतृत्वहरू सकुन गुरुङ, पीके राई, कोमल चामलिङ, रमेश किरात आदि उपस्थित थिए।
बैठकमा पार्टीको सुदृढीकरण र पार्टीका नीतिहरूको समीक्षा गरियो भने कार्यकर्ताहरूबाट प्रतिक्रिया लिने कार्य पनि गरियो। यसैगरी, बैठकमा एसपीएससीको परिणाम, बेरोजगार युवाहरूलाई अपर्याप्त समर्थन, लिम्बू र तामाङको सीट आरक्षण मुद्दामा प्रगतिको कमी र बढ्दो सामाजिक चुनौतीबारे पनि चर्चा गरियो।
यस अतिरिक्त, लाक्पा तामाङलाई नामथाङ रातेपानीको समन्वयक, विकास राईलाई नाम्ची सिङ्गीथाङको समन्वयक, जेम्स राईलाई पोकलोक कामराङको समन्वयक र बिमल राईलाई मजदूर मोर्चाको महासिचव नियुक्त गरिएको एसडीएफ प्रचार प्रसार महासचिव उवर्शी के. राईले प्रेस विज्ञप्तिमा दिएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल