
नयाँ दिल्ली, 01 दिसम्बर (हि.स.)। संसदको शीतकालीन सत्र शुरू हुन ठीक अगाड़ी कांग्रेस नेता अभिषेक मनु सिंघवीले नेशनल हेराल्ड मुद्दामा कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी विरुद्ध दर्ता नयाँ एफआईआरलाई राजनीतिक प्रतिशोधको कारबाही बताएका छन्।
उनले भने, यो नेशनल हेराल्डको मुद्दा नभएर नेशनल हैरेसमेन्टको मुद्दा हो, जुन भाजपाले विपक्षलाई धम्काउन बारम्बार उठाइरहेको छ।
संसद भवन बाहिर विजय चौक नजिक पत्रकार सम्मेलनमा कांग्रेसका कानून तथा न्याय विभागका अध्यक्ष अभिषेक मनु सिंघवीले भने, यस सम्पूर्ण मामिलामा न कुनै अपराध भएको छ, न कुनै पैसाको लेनदेन, न कुनै सम्पत्तिको हस्तान्तरण गरिएको छ र न कुनै व्यक्तिले कुनै लाभ पाएको छ। तरैपनि यसलाई मनी लान्ड्रिंगको मुद्दा बताइँदैछ। सरकारले आर्थिक मन्दी, बेरोजगारी, सामाजिक तनाव, विदेश नीतिका चुनौतीहरू र छिमेकी देशहरूसँगको बिग्रँदै गएको सम्बन्ध जस्ता वास्तविक मुद्दाहरूबाट जनताको ध्यान हटाउन विपक्षी नेताहरू विरुद्ध झूठा मुद्दाहरू दर्ता गरिरहेको छ।
सिंघवीले सरकारमाथि विपक्षीहरूलाई सताएको र अनुसन्धान एजेन्सीहरूको दुरुपयोग गरेको आरोप लगाए। उनले भने, कांग्रेस पार्टी यो दबाउको राजनीतिदेखि न त डराउनेछ न त पछि हट्नेछ। यो लड़ाई तीनै स्तरमा जारी रहनेछ- अदालत, संसद र जनता।
हिन्दुस्थान समाचार / भवानी थामी