1.25 करोड़ प्रविष्टिहरूको अडिट गर्ने माग, शुभेन्दु अधिकारीले आयोग समक्ष उठाए प्रश्न
1.25 करोड़ प्रविष्टिहरूको अडिट गर्ने माग, शुभेन्दु अधिकारीले आयोग समक्ष उठाए प्रश्न


कोलकाता, 01 दिसम्बर (हि.स.)। राज्यमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण अर्थात एसआईआरलाई लिएर नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले गम्भीर आरोप लगाएका छन्। सोमवार उनले दाबी गरे, 26.7 र 28 नोभेम्बर मात्र तीन दिनमा 01 करोड़ 25 लाख नामहरूको प्रविष्टि भएको छ र यसको तत्काल अडिट गराउनुपर्छ। उनको भनाइ थियो, यति धेरै संख्याले आफै-आफमा शंका उत्पन्न गर्छ। चुनाउ आयोगले यसको गहन जाँच गर्नुपर्छ।

शुभेन्दुको नेतृत्वमा भाजपा विधायकहरूको प्रतिनिधिमण्डलले सोमवार अपरान्ह राज्यको मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पुगेर लिखित सिकायत सुम्पियो। सिकायतमा एसआइआर फारमहरूको आधुनिक तकनिकबाट अडिट गराउने माग गरियो। शुभेन्दुले बाहिर आएर भने, आयोगद्वारा तैनाथ केन्द्रिय पर्यवेक्षकहरूको टीम मार्फत यो अडिय कराइयोस्, किनभने यस्तो ठूलो स्तरमा प्रविष्टिया हुनुले कुनै गड़बड़ी तर्फ संकेत गर्दछ।

उनले आरोप लगाए, केही जिल्लाहरूमा भू-राजस्व अधिकारीहरूलाई ईआरओ अर्थात निर्वाचन निबन्धक अधिकारी बनाइएको छ जबकि आयोगको नियमले स्पष्ट रूपमा उपमण्डलाधिकारी वा उसको समकक्ष अधिकारीलाई नै यो जिम्मेवारी दिने कुरा गर्दछ। उनको दाबी थियो, ईआरओ र केही ईआरओसँगसँगै एकजना आईप्याक सदस्य पनि यस प्रक्रियामा सामेल रहेको छ।

शुभेन्दुले यो पनि आरोप लगाए, डेटा एन्ट्रीमा गड़बड़ी गरी केही अवैध अनुप्रवेशकारीहरू तथा मृत मानिसहरूको नामलाई मतदाता सूचीमा जोड़िएको छ। उनको सिकायत अनुसार यो सम्पूर्ण खेल सुनियोजित ढंगमा गरिएको हो र यसको जाँच गर्न आवश्यक छ।

प्रतिनिधिमण्डलको कार्यालयमा पुग्नसाथ बाहिर उपस्थित बीएलओ एक्य मञ्चका सदस्यहरूले विरोधमा नाराबाजी गरे। तथापि घटनास्थलमा ठूलो संख्यामा पुलिस उपस्थित रहेको कारणले स्थिति नियन्त्रणमै रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande