
नयाँ दिल्ली, 01 दिसम्बर (हि.स.)। संसदमा शीतकालीन सत्रको शुरूआतको साथ केन्द्र सरकारले लोकसभामा आज तीन विधेयक पेश गऱ्यो। यसमा ‘मणिपुर वस्तु एवं सेवा कर (द्वितीय संशोधन) विधेयक, 2025’, ‘केन्द्रिय उत्पाद शुल्क (संशोधन) विधेयक, 2025’ र ‘स्वास्थ्य सुरक्षा राष्ट्रिय सुरक्षा उपकर विधेयक, 2025’ सामेल छन्।
यद्यपि, टीएमसी सांसद सौगत रायले यी विधेयकहरूको विरोध गरे। राज्यमा जीएसटी व्यवस्थालाई अझ् सुचारू बनाउन मणिपुर वस्तु एवं सेवा कर (द्वितीय संशोधन) विधेयक, 2025 ल्याइएको हो। केन्द्रिय उत्पाद शुल्क (संशोधन) विधेयक, 2025 को माध्यमले उत्पाद शुल्कमा सुधार र समायोजन गर्नका लागि ल्याइएको हो। साथै स्वास्थ्य सुरक्षा राष्ट्रिय सुरक्षा उपकर विधेयक, 2025 को माध्यमले स्वास्थ्य सुरक्षा र राष्ट्रिय सुरक्षाको निम्ति निर्धारित उपकर लगाउने प्रक्रियालाई कानूनी रूपमा सक्षम बनाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी