
कोलकाता, 10 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (स्पेशल इन्टेन्सिव रिभीजन)- को प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। मतगणना प्रपत्रहरूको वितरण तथा अपलोडिंगको समय-सीमा पूरा हुन मात्र दुई दिन रहनको साथै बूथ स्तर अधिकारी (बीएलओ)-ले गए मंगलवार विभिन्न क्षेत्रमा पुगेर ती मतदाताहरूको पहिचान गरे जो वा त अनुपस्थित छ, अन्य स्थानहरूमा गएका छन् वा जसको निधन भइसकेको छ।
आधिकारिक सूत्र अनुसार राज्यभरिमा अहिलेसम्ममा 7.66 कड़ोर नामांकन प्रपत्र वितरण गरिसकिएको छ जुन 7 कड़ोर 66 लाख 27 हजार 406 मतदाताहरूको 99.99 प्रतिशत कभरेज बराबर हो। बीएलओ अब यो सुनिश्चित गर्न जुटेका छन् कि कुनै पनि मतदाता सूचीमा नदोहोऱ्याइयोस्, मृतकहरूको नाम हटाइयोस् तथा अनुपस्थित मतदाताहरूको जानकारी सही-सही दर्ता होस्।
टालीगञ्ज विधानसभा क्षेत्रका बीएलओ सुरजीत बसुले बताए, मैले अनुपस्थित मदताताहरूको सूची बूथ पर्यवेक्षकलाई पठाएको छु जसलाई अब निर्वाचन पञ्जीककरण अधिकारी (ईआरओ)-लाई सुम्पििनेछ। मसित 120 वटा फारम छ जसमा अनुपस्थित, मृत तथा स्थानान्तरित मतदाता सामेल छन्। लगभग 10 प्रतिशत मतदाताहरूको ठेगाना कैयौं पटक प्रयास गर्दा पनि पत्तो लगाउन सकिएन, उनीहरूलाई अुपस्थितको रूपमा चिन्हित गरिनेछ।
यसैबीच जोधपुर पार्क क्षेत्रकी बीएलओ सुनन्दा हल्दारले बताइन्, उनको सेक्शनमा लगभग 650 मतदाताहरू छन् जसमध्ये केहीको आयु 85 वर्षभन्दा अधिक भइसकेको छ। उनले भनिन्, चुनाउ आयोगको निर्देशानुसार मैले यी वरिष्ठ मतदाताहरूको घरमा गएर उनीहरूको स्थिति तथा आवश्यक दस्तावेजहरूको अन्तिम पटक जाँच गरिरहेकी छु।
आधिकारिक आँकड़ा अनुसार अहिलेसम्ममा 7 कड़ोर 64 लाख 44 हजार 281 फारमको डिजीटलीकरण पूरा भइसकेको छ जुन मोठ वितरीत फारमको 99.75 प्रतिशत हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा