
आसनसोल, 10 दिसम्बर (हि.स.)। बाराबनी पञ्चायत समितिद्वारा राज्य सरकारको आर्थिक सहयोगमा बाराबनीको दोमुहानी बजारलाई व्यवस्थित बनाउने फसेला लिइएको थियो। प्रशासनद्वारा उक्त फसेलालाई क्रियान्वयन गर्ने पनि शुरू गरिएको थियो। गए मंगलवार अबेर साँझ दोमुहानी बजारका दोकानदारहरूको प्रशासनसित एउटा बैठक भयो जसमा प्रशासनले दोकानदारहरूलाई यसै दिसम्बर महिना समाप्त हुनपूर्व नयाँ बजारमा स्थानान्तरण गर्ने प्रस्ताव राख्यो।
दोकानदारहरूको भनाइ छ, नयाँ बजारमा स्थानान्तरण हुनका लागि उनीहरूलाई थप चार महिनाको समय चाहिन्छ। आगामी चार महिनासम्म उनीहरूले यथास्थानमा दोकान राख्नेछन्। तर प्रशासनको तर्फबाट उनीहरूलाई स्पष्ट निर्देश दिइयो, उनीहरूले यसै वर्ष 2025-को यसै दिसम्बर महिना समाप्त हुन अगाड़ि नै नयाँ बजारमा आफ्नो व्यवसाय शुरू गर्नुपर्नेछ। त्यसपछि दोकानदारहरूले बैठकलाई बहिष्कार गर्दै बैठकस्थल बाहिर विरोध प्रदर्शन गर्न शुरू गरे। उनीहरूको भनाइ स्पष्ट छ, यस महिनाको अन्तसम्ममा उनीहरू कुनै पनि स्थितिमा नयाँ बजारमा स्थानान्तरण हुने छैनन्।
उल्लेखनीय छ, बाराबनी प्रखण्डस्थित दोमुहानी बजार धेरै पुराना बजारहरूमध्ये एक भएको कारणले प्रशासनद्वारार यसलाई व्यवस्थित बनाउने निर्णय लिइएको थियो। यहाँको बजारलाई व्यवस्थित बनाउने कार्य शुरू गर्दा प्रशासनले यहाँका दोकानदारहरूलाई नजिकैको स्कूल मैदानमा स्थानान्तरण गरिदिएको थियो। अब कार्य पूरा भएपछि दोकानदारहरूलाई पुनः आफ्नो स्थानमा आउनको लागि भनिँदैछ।
बजारको ढाँचागत व्यवस्थालाई सुधार्नपूर्व प्रशासनद्वारा एउटा सूची तयार गरिएको थियो जसमा लगभग 270 जना मानिसहरूको नाम सामेल थियो। स्कूल मैदान नजिक होस्टेल बनाउनको लागि सरकारले फण्ड आवन्टन गरिसकेको छ। त्यसैले दोकानहरूलाई पूर्व स्थानमा स्थानान्तरण गर्ने निर्देश दिइएको छ। तर दोकानदारहरूले यसको लागि तीन-चार महिनाको समय मागिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा