
गुवाहाटी, 10 दिसम्बर (हि.स.)। शहरको एबीसी क्षेत्रस्थित व्यावसायिक भवन सोहम इम्पोरियममा अबेर राती भीषण आगलागी भयो जसले गर्दा व्यापक खैलाबैला मचियो। राती लगभग 12 बजे आगलागी भएको अनुमान छ जसमा भवनको 6 तला जलेर खरानी भयो। आगलागीको कारण पत्तो लाग्न सकेको छैन। घटनामा लाखौं रुपियाँको सामान जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ।
उक्त भवनमा भारतीय स्टेट ब्यांक (एसबीआई)-का शाखाहरू संचालन हुन्थ्यो। आगलागीमा एसबीआईको कड़ोरौं रुपियाँका दस्तावेज तथा सामग्रीहरू नष्ट भएका छन्। घटनास्थलमा लगभग 15 वटा दमकल वाहनहरूलाई खटाइएको थियो जसले 6 घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो। आगलागीको कारण तथा क्षतिको विस्तृत मूल्यांकन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा