
इम्फाल, 10 दिसम्बर (हि.स.)। सुरक्षा बलहरूले मणिपुरमा बितेको 24 घण्टाभित्रमा चलाएको अभियानमा केही उग्रवादीहरूलाई पक्राउ गर्नको साथै हतियार अनि विस्फोटकहरू जफत गरिएको छ।
पुलिस प्रवक्ताले बुधवार बताए, राज्यको चुड़ाचाँदपुर थाना अन्तर्गत हेंगकापकोट गाउँको जंगलमा संचालित अभियान अवधि हतियार तथा विस्फोटकहरूको भण्डार नै भेटियो जसमा एउटा इम्प्रोवाइज्ड मोर्टर (विस्फोटक इनीशिएशन सिस्टम सहित), दुई वटा हाई-एक्सप्लोसिभ बम, एउटा स्मोक ग्रेनेड तथा विभिन्न हतियारहरूका 27 वटा खाली केस सामेल छन्।
यसरी नै अन्य अभियानमा सुरक्षा बलहरूले मोरेहको सनराइज ग्राउण्ड निकटबाट केवाईकेएल (ओ) क्याडर अहंथम पुनिकान्ता सिंह उपनाम दीपक (43), निवासी फुमलौ मनिंग लाइकाई, इम्फाल वेस्टलाई पक्राउ गरे। यो पक्राउबाट उग्रवादी गतिविधिहरूको जाँचमा महत्वपूर्ण जानकारी हासिल हुने आशा गरिएको छ।
यस अतिरिक्त लंघोल लाइमानाई क्षेत्र (लम्फेल-थाना, इम्फाल वेस्ट)- मा सुरक्षा कर्मीहरूले केसीपी (पीडब्ल्यूजी)-सित संलग्न धन आर्जन गर्ने क्याडर अखम रोमेश सिंह उपनाम थोइसना (30), निवासी तौपोकपी मायाई लाइकाई, जिल्ला विष्णुपुरलाई पक्राउ गरे जसको कब्जाबाट एउटा मोबाइल फोन र आधार कार्ड जफत गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा