
कोलकाता, 10 दिसम्बर (हि.स.)। कोलकातामा जा़ड़ो बढ़ेको छ। मौसम विभागले बताएको छ, बुधवार बिहान न्यूनतम तापमानमा सामान्य वृद्धि दर्ता गरियो। गए मंगलवार बिहान न्यूनतम तापमान 15 डिग्री सेल्सियस थियो भने बुधवार यो बढ़ेर 15. 8 डिग्री सेल्सियस पुगेको छ। यो सामान्यभन्दा 0.8 डिग्री कम हो। दिसम्बरको शुरूआतसितै राज्यमा पिकनिकको सीजन पनि शुरू भएको छ। बिहान सामान्य घाम र साँझको जाड़ोबीच मानिसहरूले जाड़ोको आनन्द लुटिरहेका छन्।
तथापि मौसम विभागले स्पष्ट पारेको छ, हाल जाड़ो घट्ने कुनै सम्भावना छैन। मौसम वैज्ञानिकहरूको भनाइ छ, आगामी 18 दिसम्बरसम्म जाड़ोको प्रभाव कायम रहनेछ तथा उत्तरी हावाको प्रवेशमा कुनै बाधा आएको छैैन। अर्थात जाड़ोको मार्गमा कुनै ‘स्पीड ब्रेकर’ देखिएको छैन। पूर्वानुमान अनुसारबिहीवार तापमान अझ घट्नसक्छ।
दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा बिहान घना कुहिरो लाग्ने सम्भावना छ भने दिन बढ़्दै गएपछि दृश्यतामा सुधार आउनेछ। तापमानमा ठूलो बदलाउ हुने कुनै सम्भावना छैन। शीतलताको प्रभाव कायम रहनेछ। गए मंगलवार कोलकाताको अधिकतम तापमान 25.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.6 डिग्री कम थियो। हावामा आद्रताको स्तर अधिकतम 91 प्रतिशत अनि न्यूनतम 51 प्रतिशत रह्यो।
उत्तर बंगालका जिल्लाहरूमा पनि जाड़ोको प्रभाव स्पष्ट रूपमा महसूस गरिँदैछ। गए मंगलवार दार्जीलिङमा न्यूनतम तापमान 6.6 डिग्री सेल्सियस दर्ता गरिएको थियो। अहिलेघरि ठूलो संख्यामा पर्यटकहरूले पहाड़को जाड़ो अनि कञ्चनजङ्घाको अद्भुत सुन्दरताको आनन्द लिरहेका छन्। हाल त्यहाँको मौसम सफा रहने अनुमान छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा