
मेदिनीपुर, 10 दिसम्बर (हि.स.)। बेलदा–एगरा राज्य सड़कमा गए मंगलवार अबेर राती भएको सड़क दुर्घटनामा तीनजना युवकहरू घाइते भए जसमध्ये एकजनाको स्थिति गम्भीर रहेको बताइएको छ। घटना बेलदा थाना अन्तर्गत रिलायन्स पेट्रोल पम्प निकट भएको हो।
प्राप्त जानकारी अनुसार चारजना युवकहरू टोटोमा सवार भई खाकुड़दादेखि बेलदा तर्फ फर्किरहेका थिए। अर्जुनी क्षेत्रमा पुगेपछि एउटा लरी अचानक मोड़िँदा टोटो चालकले आफ्नो नियन्त्रण गुमायो जसले गर्दा टोटो सोझै लरीसित ठोक्कियो। यस घटनामा तीनजना युवकहरू घाइते भए।
स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई बेलदा सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गरियो जहाँ एकजना युवकको अवस्था नाजुक रहेकोले उसलाई तुरून्तै मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। पुलिसले बतायो, घाइतेहरूको पहिचान बेलदाको बड़ा मातकातपुर निवासी सूर्य राणा, सागर राणा औ सोमनाथ राणाको रूपमा भएको छ।
सूचना पाउनसाथ बेलदा थाना पुलिस घटनास्थलमा पुग्यो अनि दुर्घटनाग्रस्त टोटोलाई जफत गऱ्यो। दुर्घटनाको कारणले बेलदा-एगरा राज्य सड़कमा केही समयको लागि यातायात बाधित रह्यो जसलाई पुलिसको हस्तक्षेपपछि सामान्य बनाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा