मुख्यमन्त्री नीतीश कुमारले मानवाधिकार दिवसमा प्रदेसवासीहरूलाई दिए शुभकामना
मुख्यमन्त्री नीतीश कुमारले मानवाधिकार दिवसमा प्रदेसवासीहरूलाई दिए शुभकामना


पटना, 10 दिसम्बर (हि.स.)। मुख्यमन्त्री नीतीश कुमारले मानवाधिकार दिवसको अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्। आफ्नो सन्देशमा उनले भने, बिहार सरकार न्याय पूर्वक विकासको मूल सिद्धान्तमा अगाड़ि बढ़्दै समाजका सबै वर्गको समग्र विकास तथा उत्थानको निम्ति पूर्ण रूपले संकल्पित छ।

उनले भने, सरकारको सर्वोपरि उद्देश्य समाजको अन्तिम पंक्तिमा उभिएका व्यक्तिका अधिकारहरूको सुरक्षा गर्नु तथा उनीहरूलाई सबै आवश्यक अनि मूलभूत सुविधाहरू सुनिश्चित रूपमा उपलब्ध गराउनु हो। मुख्यमन्त्रीले यो पनि रेखांकित गरे, मानवाधिकारहरूको रक्षा त्यसबेला मात्र सम्भव हुनेछ जतिबेला समाजको प्रत्येक व्यक्तिले आफूलाई सुरक्षित,सम्मानित र सशक्त महसूस गरोस्।

मुख्यमन्त्री नीतीश कुमारले प्रदेशवासीहरूसित आह्वान गरे, यस अवसरमा हामी सबै यो संकल्न लिऔं कि मिलेर एउटा यस्तो स्वस्थ, समावेशी तथा सुदृढ़ समाजको निर्माण गर्नेछौं जहाँ प्रत्येक नागरिकले गौरवपूर्ण अनि सम्मानजनक जीवन जिउन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande