
झाड़ग्राम, 10 दिसम्बर(हि.स.)। झाड़ग्राम जिल्लाको सांकराइल ब्लक अन्तर्गत कुलटिकरी ग्राम पञ्चायतको बालिगेड़िया लोधापाड़ामा गए मंगलवार सबेरै हात्तीको हमलामा परी जया आड़ीको मृत्यु भएपछि वन विभागको पक्षबाट परिवारलाई 5 लाख रुपियाँको आर्तिक सहायता प्रदान गरियो। विभागको टीमले गए मंगलवार राती नै मृतकाको परिवारलाई चेक सुम्पियो।
आर्थिक सहायता सुम्पिने कार्यक्रममा कलाइकुंडा रेञ्जका रेञ्जर बिप्लव बेरा, सांकराइल थानाका ओसी नीलमाधव दोलाई, जिल्ला परिषदका दलनेता कमलकान्त राउत, सांकराइल बिटका अधिकारी शम्भु नायक, पञ्चायत समितिका पूर्व कर्माध्यक्ष सचिन घोष सहित अन्य प्रशासनिक अधिकारी एवं वनकर्मीहरू उपस्थित थिए।
ज्ञात रहोस्, गए मंगलवार बिहान गाउँमा पसेका दुई वटा हात्तीले जया आड़ीमाथि हमला गरे जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। घटनापछि गाउँ तथा वरपरका क्षेत्रहरूमा भय फैलिएको छ।
हाल बालिगेड़िया तथा यस वरपरका क्षेत्रहरूमा हात्तीहरूको भय यथावत छ। वन विभाग अनि पुलिसले संयुक्त रूपमा हात्तीहरूको गतिविधिमाथि नजर राखिरहेको छ तथा ग्रामीणहरूलाई सतर्क रहने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा