असमका मुख्यमन्त्रीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई जन्मदिनमा दिए श्रद्धाञ्जली
असमका मुख्यमन्त्रीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई जन्मदिनमा दिए श्रद्धाञ्जली


गुवाहाटी, 11 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार पूर्व राष्ट्रपति प्रणव मुखर्जीको जन्मदिनमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले आफ्नो सोशल मीडिया सन्देशमा भने, मुखर्जीको असाधारण जीवन-पथ तथा छः दशकभन्दा अधिकको सार्वजनिक जीवन राष्ट्रप्रति उनको समर्पणको अद्वितीय उदाहरण हो।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, प्रणव मुखर्जी एकजना विशाल व्यक्तित्व थिए जसको यात्रा कोलकातामा डिप्टी एकाउन्टेन्ट जनरल कार्यालयको अप्पर डिभीजन क्लर्कको रूपमा सेवाबाट शुरू भएर भारतको 13औं राष्ट्र्पति बन्नेसम्म पुग्यो। यो यात्रा राष्ट्र सेवा, दूरदर्शिता तथा दृढ संकल्पको प्रतीक रह्यो।

डा. सरमाले भने, भारत रत्नद्वारा सम्मानित मुखर्जीले भारतको राजनीतिक दिशालाई आकार दिए, विभिन्न बलहरूबीच सम्वाद तथा एकतालाई सशक्त बनाए अनि लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ़ बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। उनले भने, “राष्ट्रको लागि समर्पित यस महान नेतालाई हामी उनको जन्म जयन्तीमा भावपूर्ण नमन गर्दछौं।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande