
जलपाईगुड़ी, 11 दिसम्बर (हि.स)। गाजोलडोबा पुलिस फाड़ी नजिकै अवस्थित शहीद वेदीमा प्रत्येक वर्ष झैं यस वर्ष पनि राजगञ्जको मिलपल्ली क्षेत्रका दुई जना शहीदहरूलाई श्रद्धाञ्जली दिनको लागि भाजपाको पक्षबाट शहीद दिवस मनाइयो।
संगठनको सूत्र अनुसार वर्ष 1998-को चुनाउ अवधि एकातिर सीपीएम र अर्कोतिर भाजपा-तृणमूल कंग्रेसको गठबन्धन थियो। त्यसै वर्ष 11 दिसम्बरको दिन भएको राजनीतिक संघर्षमा मानिक मण्डल अनि पद्मलाल सरकारको मृत्यु भएको थियो। तबदेखि नै भाजपाले प्रत्येक वर्ष यस दिनलाई शहीद दिवसको रूपमा मनाउँदै आइरहेको छ। बिहीवार शहीद वेदी नजिक मञ्च बनाएर भाजपा नेताहरूले कार्यक्रम आयोजना गरे अनि शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। यस अवधि भाजपा जलपाईगुड़ी जिल्ला सचिव दधिराम राय, भाजपा उत्तर मण्डल अध्यक्ष अर्जुन मण्डल, किसान मोर्चा जिल्ला अध्यक्ष नकुल दास सहित अन्य कार्यकर्ताहरू कार्यक्रममा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा