बीपीएल मीटर धारकको 2 लाख 83 हजार बिजुलीको बिल
बीपीएल मीटर धारकको 2 लाख 83 हजार बिजुलीको बिल


मेदिनीपुर, 11 दिसम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको चन्द्रकोना-दुई ब्लक अन्तर्गत दायिकुन्दु ग्राममा एक बीपीएल परिवारलाई अत्यधिक बिजुलीको बिल प्राप्त भएको छ जुन सम्पूर्ण क्षेत्रमा चर्चाको विषय बन्न पुगेको छ। गोला नवी खानको घरमा बीपीएल श्रेणीको मीटर जड़ान गरिएको छ। तर उनीहरूलाई 2 लाख 83 हजार रुपियाँको बिल पठाइएको छ। यसपूर्व पनि उनीहरूलाई एक लाख रुपियाँभन्दा अधिकको बिल प्राप्त भएको थियो। यस मामिलाले फेरि एक पटक पश्चिम बंगाल राज्य विद्युत वितरण कम्पनी (डब्ल्यूबीएसईडीसीएल)- को कार्यशैलीमाथि प्रश्न उठाएको छ।

बिहीवार बिहान प्राप्त जानकारी अनुसार परिवारले मजदुरी गरेर आफ्नो जीवनयापन गर्दै आइरहेको छ। यसपूर्व आएको 1 लाख 83 हजार रुपियाँको बिलको विरोधमा उनीहरूले सिकायत दर्ता गराएको भए पनि कुनै समाधान भएन। यसपालि पछिल्लो बिलको तुलनामा 1 लाख रुपियाँ अधिक आएको छ जसबाट नवी खानको सम्पूर्ण परिवार चिन्तित भएको छ।

स्थानीय मानिसहरूले बताए, यो बिल जाली प्रतीत हुन्छ, किनभने गोलाम नवी खान अधिकांश नै छोरीको घरमा बस्छन् र उनको आफ्नो घर पनि जर्जर अवस्थामा छ। ग्रामीणहरूको भनाइ छ, यति धेरै बिजुली खर्च हुनु सम्भव नै छैन।

यता विद्युत विभागको भनाइ छ, उनको रेकर्ड अनुसार वर्ष 2010-देखि अहिलेसम्म कुनै बिल जमा गरिएको छैन। विभागीय अधिकारीहरूले बताए, सम्पूर्ण मामिलाको जाँच गरिनेछ अनि मीटर, पुरानो बाँकी तथा नयाँ बिल सबैको समीक्षा गरी उचित रिपोर्ट तयार गरिनेछ।

ग्रामीणहरूले माग गरेका छन्, बीपीएल उपभोक्ताहरूलाई राहत प्रदान गरियोस् अनि वास्तविक खपतको आधारमा नयाँ, सही बिल जारी गरियोस्। परिवारको भनाइ छ, यति धेरै बिल भुक्तान गर्नु उनीहरूको लागि सम्भव नै छैन। त्यसैले प्रशासनसित हस्तक्षेप गरी न्याय दिलाउने अपील गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande