संगीतकार रवि शंकरलाई मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
संगीतकार रवि शंकरलाई मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 11 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दिवंगत संगीतकार रवि शंकरलाई श्रद्धाञ्जली अर्पण गरिन्। बिहिवार सोशल मीडिया एक्समा मुख्यमन्त्रीले लेखिन्, “भारतीय शास्त्रीय संगीत जगतका एकजना चम्किलो तारा, विश्वभरि नै प्रसिद्ध सितार वादक, हाम्रो बंगालको गौरव रवि शंकरको पुण्यतिथिमा म उनलाई हृदयबाटै नमन गर्दछु।”

उत्तर प्रदेशको बनारसमा 7 अप्रेल, 1920- मा जन्मेका संगीतकार पण्डित रवि शंकरको 11 दिसम्बर, 2012-मा सैन डिएगो, क्यालिफ़ोर्नियामा मृत्यु भएको थियो। उनी सितार बजाउनमा आफ्नो बेजोड़ महारतको लागि विश्वभरि नै प्रख्यात छन्।

भारतीय शास्त्रीय संगीतको मैहर शैलीका संस्थापक आचार्य अलाउद्दीन खानका शिष्य, रवि शंकरले 1960- को दशकमा पहिलो पटक भारतीय शास्त्रीय संगीत तथा भारतीय संगीतको परम्परालाई पश्चिमी दुनियाँसित परिचित गराए। उनको संगीत करियर छः दशकसम्म कायम रह्यो। 2012 सालमा आफ्नो मृत्यु हुँदा रवि शंकरको नाम सबैभन्दा लामो इन्टरनेशनल करियरको गिनीज वर्ल्ड रेकर्ड थियो। उनलाई 20औं शताब्दिको प्रभावशाली संगीतकारहरूमध्ये एक मानिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande