मुख्यमन्त्रीसित प्रत्यक्ष सम्वाद गरेपछि पश्चिम मेदिनीपुरमा 620 सड़कहरू अनुमोदित
मुख्यमन्त्रीसित प्रत्यक्ष सम्वाद गरेपछि पश्चिम मेदिनीपुरमा 620 सड़कहरू अनुमोदित


मेदिनीपुर, 11 दिसम्बर (हि.स.)। ‘सरासरी मुख्यमन्त्री’ (सोझै मुख्यमन्त्रीसित सम्वाद) कार्यक्रम अन्तर्गत नागरिकहरूद्वारा गरिएको दूरभाष–आह्वानहरूको परिणामस्वरूप पश्चिम मेदिनीपुर जिल्लामा 620 वटा नयाँ सड़कहरूको निर्माणलाई अनुमोदन प्राप्त भएको छ। यसको साथै जिल्लामा पथश्री योजनाको चतुर्थ चरण अन्तर्गत व्यापक सड़क-विकास कार्य आरम्भ हुन गइरहेको छ। जिल्ला प्रशासन अनुसार यी सबै सड़कहरूको शिलान्यास मुख्यमन्त्री ममता ब्यनर्जीले एकै दिनमा गर्नेछन्। तिथि अहिले तय भएको छैन।

जिल्ला परिषदको पूर्णकार्याध्यक्ष निर्मल घोषले बताए, नागरिकहरूले ‘सरासरी मुख्यमन्त्री’- मा प्रत्यक्ष सम्पर्क गरेर माग गरेका सड़कहरूलाई स्वीकृति प्रदान गरिएको छ। उनले भने, “सबै मार्ग–परियोजनाहरूको लागि धनराशि स्वीकृत भइसकेको छ। अधिकांश मार्गहरूको निविदा प्रक्रिया पूर्ण भइसकेको छ तथा रहल प्रक्रियाधिन छन्। सम्पूर्ण जिल्लामा यी सबै सड़कहरूकोक शिलान्यास मुख्यमन्त्रीद्वारा गरिननेछ।”

मोठ 620 मार्ग–परियोजनाहरूलाई अनुमोदन प्राप्त भएको छ। जिल्ला परिषद अनुसार 164 मध्ये 143 सड़क जिल्ला परिषदद्वारा नै निर्माण गरिनेछ भने 182 वटामध्ये 134 वटा सड़कहरूको निर्माण डब्ल्यू.बी.एस.आर.डी.ए.- द्वारा निर्माण गरिनेछ। सम्पूर्ण जिल्लामा लगभग 450 किलोमीटर सड़क निर्माण हुने अनुमान छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande