गुवाहाटीमा 33 घण्टादेखि लागेको आगोलाई निभाउने प्रयास जारी
गुवाहाटीमा 33 घण्टादेखि लागेको आगोलाई निभाउने प्रयास जारी


गुवाहाटी, 11 दिसम्बर (हि.स.)। गुवाहाटी महानगरको भांगागढ़स्थित एबीसी क्षेत्रको स्वागत स्क्वायरमा लागेको भयानक आगोलाई निभाउनमा आज तेस्रो दिन पनि अग्निशमन सहित अन्य टीमहरूलाई पनि सफलता प्राप्त भएको छैन।

प्राप्त जानकारी अनुसार गत मंगलवार अबेर राति लगभग 12:00 बजी एबीसी क्षेत्रमा अवस्थित स्वागत स्क्वायरको बिल्डिंगमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले 6 तले भवनलाई पूर्ण रूपमा आफ्नो चपेटमा लियो। घटना बारे जानकारी पाउनसाथ अग्निशमन सहित अन्य टीमहरू घटनास्थलमा पुगे।

बिहीवार प्राप्त आधिकारिक बयान अनुसार अहिलेसम्ममा 50 भन्दा अधिक अग्निशमन टीम लगातार आगो निभाउनमा लागि परेका छन्। तर आज तेस्रो दिन पनि आगोलाई नियन्त्रण गर्न सकिएको छन। यस भयंकर आगोलाई निभाउनका लागि असम अग्निशमन, नूनमाटी रिफाइनरी, इंलैड वाटर डिपार्टमेन्ट, एनडीआरएफ, एसडीआरएफ र वायु सेनाका टीमहरूले लगातार प्रास गरिरहेका छन्। एनडीआरएफका एकजना अधिकारीले आज बिहान बताएका छन्, कटरको सहयोगले एउटा शटरलाई काटेर आगोलाई निभाउने कारबाहीलाई तीव्रता दिइएको छ।

ज्ञात रहोस्, यस बिल्डिंगमा एसबीआईका दुई वटा शाखा, शपिंग मल सहित अन्य वाण्जियिक केन्द्रहरू थिए। तथापि आगो कसरी लाग्यो अहिलेसम्म थाहा पाउन सकिएको छैन। शर्ट सर्किट नै यसको कारण हुनसक्ने आशंका व्यक्त गरिएको छ। गुवाहाटी जस्तो महानगरमा आगो लागेपछि अग्निशमनका धेरै वटा टीमहरू आगो निभाउन लागिपरेको भए पनि अहिलेसम्म निभाउन नसक्नु भनेको ठूलो चिन्ताको विषय हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande