
गुवाहाटी, 11 दिसम्बर (हि.स.)। गुवाहाटीको पलटन बजार पुलिसले फर्जी एमबीबीएस डाक्टरलाई पक्राउ गरेको छ। पुलिसले बताएको छ, क्षेत्रमा एक फर्जी एमबीबीएस डाक्टरले मानिसहरूको चिकित्सा गरिरहेको गुप्त सूचना पाइएको थियो। जसपछि पुलिसले जाँच शुरू गऱ्यो। जाँचपछि थाना क्षेत्रको एकके आजाद सड़कमा फर्जी डिग्री लिएर चिकित्सा सेवा दिएको आरोपमा शुभम भट्टाचार्य नाम गरेको आरोपीलाई पक्राउ गरियो।
पक्रा परेको आरोपीले एमबीबीएस र एमडीको कोलकाताबाट फर्जी डिग्री लिएर मानिसहरूलाई चिकित्सा उपलब्ध गराइरहेको थियो। पक्रा परेको आरोपीले क्यान्सर समेत अन्य धेरै जटिल रोगहरूले ग्रस्त मानिसहरूलाई चिकित्सा प्रदान गरिरहेको थियो।
शिकायतको आधारमा एक प्राथमिकी दर्ता गरी पक्रा परेको फर्जी चिकित्सकसित सघन सोधपुछ भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी