
गान्तोक, 11 दिसम्बर (हि.स.)। मानव अधिकार दिवस तथा १६ दिवसीय लैङ्गिक हिंसा विरुद्ध जनचेतना अभियानको समापन अवसरमा आज महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागको मिसन शक्ति पहल अन्तर्गतका ओएससी, डब्ल्युएचएल र हबका कर्मचारीहरूले एमजी मार्ग, गान्तोकमा प्रभावशाली जनचेतना नाटक प्रदर्शन गरे।
नाटकले घरेलु हिंसा, कार्यस्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार, तथा साइबर अपराधजस्ता महत्वपूर्ण विषयहरूलाई उठाएको थियो। यसले जनसमुदायलाई सचेत गराउन तथा महिलासहित संवेदनशील समूहहरूको सुरक्षाका अधिकारबारे बलियो सन्देश दिएको थियो।
नोभेम्बर २५ देखि 10 दिसम्बर, २०२५ सम्म सञ्चालन गरिएको १६ दिवसीय अभियान मानव अधिकार तथा लैङ्गिक हिंसा रोकथामका विषयमा जनचेतना अभिवृद्धि गर्न केन्द्रित रह्यो। सामुदायिक सहभागिता तथा शैक्षिक गतिविधिहरू मार्फत विभागले पीडितहरूको सशक्तिकरण र सहयोग प्रणाली सुदृढ़ गर्ने उद्देश्य राखेको बताइएको छ।
यो पहलले लैङ्गिक हिंसा विरुद्धको लडाइँमा तथा घर र कार्यस्थल दुवैतिर सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने विभागको निरन्तर प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाइएको छ।
महिला हेल्पलाइन नम्बर: १८१
---------------
हिन्दुस्थान समाचार / बिशाल