
गान्तोक, 11 दिसम्बर (हि.स.)। हाम्रो गाउँ हाम्रो समाधान योजना अन्तर्गत खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 2 टेकवीर बस्तीको बुथ नम्बर 187 मा सार्वजनिक शौचालयदेखि लिएर योद्धन राईको घरसम्म जाने बाटो र रेलिङ अनि नितु लामाको घरदेखि लिएर सुचिता रसाईलीको घरसम्मको फुटपाथ निर्माणको लागि शिलान्यास गरिएको छ।
त्यसरी नै बुथ नम्बर वार्ड नम्बर 3 बुथ नम्बर 188 मा फ्रान्सिस राईको घरदेखि लिएर सन्त अलफन्सेस स्कूलसम्मको नाली अनि कटलेरी पाखाको झुमा राणा लेप्चाको घर मुनिको सुरक्षा देवल साथै गिता लेप्चाको घरसम्मको फुटपाथको कामको विधिवत रूपमा पूजा अर्चनाको साथमा शिलान्यास गरियो। यस कार्यक्रममा नगरपालिकाका ईओ (डेपुटी मेजिस्ट्रेट) प्रशनजित चौधरी र इञ्जिनियर विशाल सुनुवार, भागोप्रमो टाउन कमिटीका पदाधिकारीहरू उपस्थित थिए।
वर्षोंसम्म नबनिएको बाटो मुख्यमन्त्री ममता ब्यानर्जी र जीटीएको मुख्य कार्यपाल अनित थापा, नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुभाष प्रधानको पहलमा निर्माण हुन लागेकोमा सम्पूर्ण गाउँबासीको पक्षबाट धन्यवाद ज्ञापन गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक