असमका मुख्यमन्त्रीले नवौं कक्षाका छात्रहरूलाई निःशुल्क साइकल वितरण कार्यक्रमको शुभारम्भ गरे
असमका मुख्यमन्त्रीले नवौं कक्षाका छात्रहरूलाई निःशुल्क साइकल वितरण कार्यक्रमको शुभारम्भ गरे


डिब्रुगढ़ (असम), 11 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार मुख्यमन्त्री विशेष योजना अन्तर्गत नवौं कक्षाका विद्यार्थीहरूलाई निःशुल्क साइकल वितरण कार्यक्रमको शुरूआत गरे। यो पहललाई राज्यको शिक्षा क्षेत्रलाई सुदृढ़ बनाउने दिशामा एउटा महत्वपूर्ण कदम मानिँदैछ।

डिब्रुगढ़मा आयोजित समारोहमा मुख्यमन्त्रीले भने, यो योजनाले छात्रहरूमा नयाँ उत्साह सञ्चार गर्नेछ र उनीहरूलाई स्कूल आउन-जानमा सहुलियत प्रदान गर्नेछ। आज प्रदेशभरिका 3,10,031 छात्रहरूलाई साइकल वितरण गरियो जसबाट उनीहरूको शैक्षणिक यात्रालाई नयाँ गति प्राप्त हुनेछ।

मुख्यन्त्रीले भने, यो वितरणले विद्यार्थीहरूलाई अगाड़ि बढ़्न अनि आफ्नो सपनालाई साकार पार्नको लागि प्रेरित गर्नेछ। उनले सबै विद्यार्थीहरूलाई बधाई दिँदै भने, हरेक प्याडलले उनीहरूलाई उज्जव भविष्य तर्फ दोऱ्याउनेछ। उनले आश्वासन दिए, “मामा सदैव तिमीहरूको साथमा छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande