जंगली हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु, दुईजना घाइते
जंगली हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु, दुईजना घाइते


तामुलपुर (असम), 11 दिसम्बर (हि.स.)। तामुलपुर जिल्ला शहर मुख्यालय क्षेत्रमा जंगली हात्तीद्वारा गरिएको हमलामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने दुईजनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।

स्थानीय मानिसहरूबाट प्राप्त जानकारी अनुसार गए राती तामुलपुर क्षेत्रमा भोजनको खोजीमा आएको जंगल हात्तीको हमलामा परी एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। हात्तीको हमलामा अन्य दुईजना मानिसहरू पनि घाइते भए।

मृतकको पहिचान तारामोहन मण्डलको रूपमा गरिएको छ। स्थानीय मानिसहरूले यस घटनाको लागि वन विभागलाई जिम्मेवार ठहराएका छन्। स्थानीयहरूले आरोप लगाए, जंगली हात्तीले पछिल्लो केही वर्षदेखिकै क्षेत्रमा उत्पात मचाउँदै आइरहेको छ।यस सम्बन्धमा वन विभागलाई जानकारी गराइएको भए पनि वन विभागद्वारा कुनै ठोस कदम उठाइरहेको छैन जसले गर्दा यस्तो घटना भएको हो।

पछिल्लो एक महिनाभित्रमा जंगली हात्तीको हमलामा परी 30भन्दा अधिक मानिसहरू घाइते भइसकेका छन्। स्थानीय मानिसहरूले वन विभागसित जंगली हात्तीहरूबाट मुक्ति दिलाउनको लागि गुहार मागेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande