
कोलकाता, 11 दिसम्बर (हि.स.)। नदिया जिल्लाको कृष्णनगरमा आयोजित जनसभामा मुख्यमन्त्री ममता ब्यनर्जीले ब्रिगेड मैदानमा चिकन पेटिज विक्रेतामाथि कुटपिट गरेको घटना, केन्द्र सरकारको नीति, एसआईआर विवाद तथा मतदान केन्द्रसित सम्बन्धित मुद्दाहरूमाथि कड़ा प्रहार गरिन्। उनले भनिन्, ब्रिगेडमा पेटिज विक्रेतालाई कुटपिट गर्ने आरोपीहरूलाई पुलिसले पक्राउ गरेको छ। मुख्यमन्त्रीले चर्को रूपमा भनिन्, “यो बंगाल हो, उत्तर प्रदेश होइन” र कुनै पनि प्रकारको गुण्डागिगरीलाई सहन गरिनेछैन।
बिहीवार जनसभापूर्व मुख्यमन्त्रीले पथश्री परियोजनाको चौथो चरणको शुभारम्भ गरिन्। यस चरणमा राज्यका 23 वटा जिल्लाहरूमा दुई हजार किलोमीटरभन्दा अधिक सड़कहरू बनाइनेछ। मुख्यमन्त्रीले दाबी गरिन्, यी परियोजनाहरूबाट सय दिने कार्य योजना अन्तर्गत ठूलो संख्यामा मानिसहरूले रोजगार पाउनेछन्।
सभामा मुख्यमन्त्रीले चुनाउ आयोगलाई पनि कठघरामा उभ्याइन्। उनले भनिन्, “के मतदान भाजपाको आईटी सेलद्वारा बनाइएको सूचीको आधारमा हुनेछ? जो गरे पनि गरोस्, केही गर्न सक्ने छैन।”
मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियामाथि कटाक्ष गर्दै मुख्यमन्त्रीले भनिन्, बिहारमा यो सम्भव भएन, बंगालमा पनि भाजपाको योजना सफल हुन दिइनेछैन।
मुख्यमन्त्रीले केन्द्र सरकारमाथि सय दिने कार्यलाई रोकेको आरोप पनि लगाइन्। उनले भनिन्, “हामी केन्द्रसित भिख माग्नेछैनौं। राम्रो परियोजनाहरू हुँदाहुँदै बंगालसित भेदभाट गरिँदैछ।” ममताले दाबी गरिन्, राज्यले आफ्नो निधिबाट सय दिनको योजनालाई अगाड़ि बढ़ाउनेछ। उनले यो पनि आरोप लगाइन्, केन्द्रले सड़क निर्माणको राशिलाई रोकिदियो जबकि राज्यले लगातार राम्रो काम गरिरहेको छ।
केन्द्रिय गृह अमित शाहमाथि लक्षित गर्दै ममताले भनिन्, बीेसएफ समक्ष नगइयोस्, किनभने सांसदका दुवै आँखामा दुर्योधन र दुःशासन बसेको छ। उनले यो पनि भनिन्, गीता पाठ सबैले गर्दछ्, यसको लागि सार्वजनिक ऱ्याली निकाल्ने आवश्यक्ता किन पऱ्यो।
नागरिकता औ पहिचान दस्तावेजहरूमाथि टिप्पणी गर्दै मुख्यमन्त्रीले व्यंग्य गरिन्, “ब्यांक र प्यान कार्डमा आधार आवश्यक छ, तर नागरिकता र भोटको मामिलामा आधार कसरी मान्य हुनसक्छ? के भाजपाको दाबेदारीमा आधार कार्ड चल्छ?”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा