मणिपुरमा केसीपी (एमसीपी) क्याडर पक्राउ, भिन्नै अभियानमा भारी मात्रामा हतियार जफत
मणिपुरमा केसीपी (एमसीपी) क्याडर पक्राउ, भिन्नै अभियानमा भारी मात्रामा हतियार जफत


इम्फाल, 11 दिसम्बर (हि.स.)। सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको इम्फाल–थाना अन्तर्गत खु्मान लम्पाकस्थित आईएसबीटी नजिकबाट सक्रिय केसीपी (एमसीपी) उग्रवादीलाई पक्राउ गरियो जसको पहिचान शमुरलक्पम देवश्वर शर्मा उपनाम आमो (26), निवासी लैंगोल लाइमनाई, इम्फाल पश्चिमको रूपमा भएको छ।

यसरी नै अर्को अभियानमा सुरक्षा बलहरूले बिष्णुपुर जिल्लाको मोइरंग–थाना अन्तर्गत फुबाला ममंग पट्टन क्षेत्रबाट भारी मात्रामा हतियार तथा अन्य सामग्री जफत गरियो जसमा म्यागजिन बिनाको एउटा एसएलआर राइफल, दुई वटा एसबीबीएल गन, एउटा 9 एमएम पेस्तोल (म्यागजीन सहित) औ एउटा रिवल्वर पेस्तोल सामेल छन्। यस अतिरिक्त एक नम्बर-36 एचई ह्याण्ड ग्रेनेड (बिना डेटोनेटर), एउटा डेटोनेटर तथा 200 ग्राम वजन भएको दुई वटा पीईके पनि भेटियो।

सुरक्षा बलहरूले घटनास्थलबाट 7.62 एमएम एसएलआरको पाँच वटा जिउँदो कारतूस, 12 बोरको दुई वटा जिउँदो कारतूस, एउटा रबर बुलेट शेल, एउटा बैओफेंग ह्याण्डसेट, एउटा हेलमेट र दुई वटा बुलेट–प्रूफ ज्याकेट पनि जफत गरे। अधिकारीहरूले बताए, दुवै मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande