
मेदिनीपुर, 11 दिसम्बर (हि. स.)। राती अँध्यारमा रूखहरूको अवैध कटाई गरी तस्करी गर्ने प्रास गरिरहेको गिरोहमाथि वन विभागले ठूलो कारबाही गरेको छ। गुप्त सूचनाको आधारमा मेदिनीपुर रेञ्जको टीमले जामतला, आमतला र बोकजुड़ी क्षेत्रमा अभियान संचालन गरी चार वटा वाहनहरूलाई जफत गऱ्यो।
जानकारी अनुसार विगत लामो समयदेखिकै यस क्षेत्रमा राती अँध्यारोको फाइदा उठाएर केही मानिसहरूले काठको तस्करी गरी शहरमा अवैध रूपमा बिक्री गर्दै आइरहेका थिए। लगातार प्राप्त सिकायतपछि बिहीवार सबेरै कारबाही गरियो। मेदिनीपुर क्षेत्र अधिकारी मलय कुमार नन्दीको नेतृत्वमा वनकर्मीहरूको टीमले क्षेत्रमा घेराबन्दी गरी यी वाहनहरूलाई रोक्यो। इञ्जिन ट्रली र पिकअप भ्यानमा मोटो-मोटो लगहरू लादिएको थियो।
वन विभागका अधिकारीहरू अनुसार तस्कर लामो समयदेखिकै सक्रिय थियो र कैयौं पटक निगरानी गर्दा पनि पक्राउ गर्न सकिएको थिएन। तर यसपालि गुप्त सूचनाले सम्पूर्ण योजनालाई विफल बनाइदियो।
वाहनहरूलाई वन विभागको कार्यालयमा लगिएको छ। अग्रिम कानूनी कारबाही शुरू गरिएको छ। अधिकारीहरूको भनाइ छ, यसप्रकारका अवैध गतिविधिहरूमाथि कड़ा कारबाही जारी रहनेछ।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा