
मुर्शिदाबाद, 11 दिसम्बर (हि.स.)। मुर्शिदाबादको जालंगी थाना अन्तर्गत बिदुपुर कलोनीमा बिहीवार बिहान बैगुन टिप्दा भएको विवाद बढ़्दै गएपछि एक जना प्रौढ़ व्यक्तिकको हत्या समेत भयो। पुलिसले शवलाई कब्जामा लिई पोस्टमार्टम गर्नको लागि पठाइदिएको छ। आरोपीको खोजीमा छापामारी जारी छ।
जानकारी अनुसार मृतकको नाम शाह जमाल मण्डल हो। उनको आयु 50 वर्ष थियो। उनी मुर्शिदाबादको जालंगी थाना अन्तर्गत बिदुपुर कलोनी निवासी थिए। उनका अन्य दाज्यु-भाइहरूको घर पनि नजिक-नजिकमै छन्।
स्थानीय सूत्रबाट प्राप्त जानकारी अनुसार बिहीवार बिहान जमालले आफ्नो दाज्यु नाजिर मण्डलको घर नजिकै बोटबाट बैगुन टिपेका थिए। यस घटनालाई लिएर भाइ असरफुल र भतिजा एनामुलसित उनको चर्को बहस भयो।
प्रत्यक्षदर्शीहरूले बताए, विवाद भइरहँदा अशरफुल र एनामुलले घरबाट फलामको पाइप ल्याएर जमालको टाउकोमा प्रहार गरे। रगतपच्छे अवस्थामा जमाल मुर्छा परेर भुइँमा लड़े।
परिवारका सदस्यहरू अनि छिमेकीहरूले उनलाई तुरून्तै अस्पतालमा भर्ती गराए, तर डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।
स्थानीय चोवापाड़ा ग्राम पञ्चायतका सदस्य अक्काश अलीले भने, जुन बैगुनलाई लिएर झगड़ा भएको थियो, वास्तवमा त्यो दाज्यु नाजिरको थियो। उनी बिदुपुर बजारमा बस्छन्। बैगुनको रूख उनीहरूको नभए पनि भाइ र भतिजले विवाद सृजना गरेर हत्या गरिदिए, यो अत्यन्त दुःखदायी घटना हो।
डोमकलका एसडीपीओ शुभम बजाजले बताए, बैगुन टिप्ने सम्बन्धमा भएको विवाद नै हत्याको कारण भयो। आरोपीहरू भागेका छन्। उनीहरूलाई समात्नको लागि छापामारी जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा