
सिलगढ़ी, 11 दिसम्बर (हि. स.)। राज्यभरि नै पथश्री परियोजनाको चौथो चरणको सड़क निर्माणको भर्चुअली शिलान्यास मुख्यमन्त्रीले गरिन्। बिहीवार कृष्णनगर आयोजित सरकारी कार्यक्रमबाट मुख्यमन्त्रीले सड़कहरूको शिलान्यास गरिन्। यस दिन दार्जीलिङ जिल्लाका ग्रामीण तथा शहरी क्षेत्र गरी 155 वटा सड़कहरूको निर्माण हुनेछ जसमाथि 110 कड़ोर रुपियाँ खर्च हुनेछ।
नक्सलबाड़ीमा भर्चुअल कार्यक्रमको माध्यमबाट मुख्यमन्त्रीको शिलान्यास पश्चात दार्जीलिङ जिल्लाका डीएम मनीष मिश्रा, सिलगढ़ीका मेयर गौतम देव औ सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोषले कार्यहरूको टेबलहरूको फ्ल्याग-अफ गरे।
डीएम मनीष मिश्राले बताए, जिल्लाका ग्रामीण क्षेत्रहरूमा 21 वटा सड़क, पहाड़मा 34 वटा सड़क तथा नगरनिकाय क्षेत्रमा 100 वटा सड़क सामेल छन्। सड़कहरूको गुणस्तरलाई सुनिश्चित गर्नको लागि एउटा विशेष टीम बनाइनेछ। यी सड़कहरूको निर्माणबाट मानिसहरूको समस्या कम हुनेछ।
अर्कोतिर मेयर गौतम देवले भने, मुख्यमन्त्रीको यस पथश्री परियोजनाबाट सम्पूर्ण राज्य सहित सिलगढ़ी र ग्रामीण क्षेत्रहरूको विकास हुनेछ। सिलगढ़ी महकुमा परिषदमा मात्र 20 कड़ोर रुपियाँको सड़क निर्माण परियोजना छ। शिलान्यास हुनसाथ नक्सलबाड़ी अस्पतालदेखि कारबाला मैदानस्म 1.10 किलोमीटर सड़कको काम शुरू भएको छ। डीएम, मेयर तथा सभाधिपतिले कार्यहरूको निरीक्षण गरे। यस अतिरिक्त नक्सलबाड़ीको रायपाड़ामा पनि थप एउटा सड़क बनाइनेछ। सड़कको शिलान्यास हुनसाथ स्थानीय मानिसहरू खुशीले रमाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा