
गेजिङ, 11 दिसम्बर (हि.स.)। पेलिङ–देन्ताम सड़कखण्डमा आज साँझ एक दुःखद दुर्घटना भएको छ। पेलिङबाट देन्तामतर्फ जाँदै गरेको अल्टो वाहन सापोङ छाँगेको भिरमा करीब साँझ ७:३० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा बेगा निवासी रुपा गुरुङको घटनास्थलमै मृत्यु भएको थाहा लागेको छ।
स्थानीय स्रोतका अनुसार, गाडी अचानक अनियन्त्रित भएर भीरबाट खस्दा महिलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। देन्ताम क्षेत्रमा दुई दिन नबित्दै पुनः अर्को अप्रिय घटना घटेकाले स्थानीयवासीमा शोक तथा चिन्ता बढेको छ।
अफ्ठ्यारो भू–भाग र साँघुरा सड़कका कारण पेलिङ–देन्ताम सड़कखण्डलाई दुर्घटना–जोखिमयुक्त मानिँदै आएको छ।
सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल