
कोलकाता, 11 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीवार भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको 90औं जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।
प्रणव मुखर्जीको जन्म पश्चिम बंगालको बीरभूम जिल्लास्थित मिराटी गाउँमा 1935 सालमा भएको थियो। लामो राजनीतिक पारीमा उनले लगभग पाँच दशकसम्म सार्वजनिक जीवनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे। उनी 2012-देखि 2017 सम्म देशको राष्ट्रपति रहे। उनलाई 2019 सालमा देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो। उनको निधन 21 अगस्त, 2020-मा भएको थियो।
जयन्तीको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले पूर्व राष्ट्रपतिलाई स्मरम गर्दै उनका योगदानलाई नमन गरिन्। उनले भनिन्, देशले उनको सेवा अनि ज्ञानलाई सदैव सम्झिनेछ। प्रणव मुखर्जीलाई भारतीय राजनीतिमा संविधान, संसदीय परम्परा अनि प्रशासनिक दक्षताको लागि विशेष रूपमा चिनिन्छ। उनको जयन्तीमा सम्पूर्ण राज्यमा विभिन्न सामाजिक तथा सांस्कृतिक संगठनहरूद्वारा श्रद्गाञ्जली दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा