लोकायुक्तका अध्यक्ष न्यायमूर्ति सुब्बाले राज्यपालसॅंग शिष्टाचार भेट गरे
लोकायुक्तका अध्यक्ष न्यायमूर्ति सुब्बाले राज्यपालसॅंग शिष्टाचार भेट गरे


गान्तोक, 11 दिसम्बर (हि.स.)। लोकायुक्त, सिक्किमका अध्यक्ष न्यायमूर्ति (सेवानिवृत्त) एपी सुब्बाले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई लोकभवनमा शिष्टाचार भेट गरे। न्यायमूर्तिसॅंग किन्चो डोमा लेप्चा र लोकायुक्त, सिक्किमका अन्य अधिकारीहरू पनि सामेल थिए।

यस भेटको क्रममा अध्यक्ष सुब्बाले 2024-25 को लागि 11औं वार्षिक प्रतिवेदन 'द इन्स्टिट्यूशन अफ् लोकायुक्त' राज्यपाललाई प्रदान गरे। उनले लोकायुक्तका गतिविधिहरू र कामकाजको बारेमा पनि अवगत गराए। उनले भावि कार्य योजनाहरूको बारेमा पनि जानकारी गराएका थिए।

राज्यपालले प्रत्येक लोक सेवकहरूले पूर्ण पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरामा जोड दिए। उनले राज्यको विकास प्रक्रियामा लोकायुक्तले ठूलो योगदान पुर्‍याउन सक्छ भनी बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande